• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
खेलकुद
इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने
प्रकाशित मिति: शुक्रबार, साउन ४, २०७५

४ असार । इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदका लागि नेपाली युवा फुटबल टोलीले थाइल्यान्डमा अन्तिम तयारी गर्ने भएको छ । एसियाडमा सहभागि हुने २३ वर्ष मुनिको नेपाली टोलीले थाइल्यान्डमा २ वटा मैत्रीपूर्ण खेल खेल्ने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाको प्रस्तावलाई थाइल्यान्ड फुटबल संघले स्वीकार गरेपछि नेपली टोलीले थाइल्यान्डको राष्ट्रिय टोली र युनिभर्सिटी स्तरको टोलीसँग मैत्रीपूर्ण खेल खेल्ने तय भएको हो ।

नेपाली टोलीले १ देखि ४ अगस्ट भित्र दुई वटा मैत्रीपूर्ण खेल खेल्नेछ । एसियाडका लागि एन्फाले यसअघि नै २० सदस्यीय टिमको घोषणा गरिसकेको छ । जसमा २३ बर्षमाथिका ३ खेलाडी राख्न पाउने व्यवस्था छ । यसपटक सिनियर खेलाडीको रुपमा गोलरक्षक किरण चेम्जोङ, डिफेन्डर रोहित चन्द र स्ट्राईकर भरत खवासलाई टोलीमा समावेश गरिएको छ ।

एसियन गेम्सको फुटबलतर्फ नेपाल समूह ‘डी’ मा परेपनि प्रतियोगितामा सिरिया र प्यालेस्टाइनलाई पनि समावेश गर्नुपर्ने भएका कारण फेरी खेल तालिका सार्वजनिक गरिने एसियाड आयोजक कमिटिले जनाएको छ । एसियन गेम्सको १८ औं संस्करण यही भदौं २ गतेदेखि इन्डोनेसियाको जाकार्ता र पालेमबाङमा आयोजना हुँदैछ ।

Comments