• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
भारतको उत्तर प्रदेशमा दुई वटा भवन भत्किँदा दुई जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, साउन २, २०७५

एजेन्सी । भारतको उत्तर प्रदेश राज्यको ग्रेटर नोएडामा दुई वटा भवन भत्किँदा केही मान्छे थिचिएको आशंका गरिएको छ । अहिलेसम्म भवनले थिचेको अवस्थामा दुई जनाको शव निकालिएको बीबीसीले जनाएको छ । ग्रेटर नोएडाको शाह बेरी गाउँमा मंगलबार राति यो घटना भएको हो ।

भत्किएका भवनमा एउटा निर्माणाधीन भवन थियो भने अर्काे दुई वर्षअघि निर्माण भैसकेको भवन थियो । अहिलेसम्म ती भवनमा कति मान्छे बस्दथे भन्ने आधिकारिक जानकारी आएको छैन । उद्धारमा खटिएका अधिकारीले केही मानिसलाई भवनले थिचिएको हुन सक्ने बताएका छन् । उद्धार कार्यमा नेसनल डिसास्टर रेस्पोन्स टिम(एनडीआरएफ’ का दुई सय जना उद्धारकर्मी उद्धारमा जुटिरहेका छन् ।  

भवन किन भत्कियो भन्ने केही खुलेको छैन । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाको जाच गर्न आदेश दिएका छन् । त्यस्तै उप–मुख्यमन्त्री केशवप्रसाद मौर्यले भवन निर्माणमा कुनै कमजोरी भएको भए दोषीमाथि कडा कारबाही हुने बताएका छन् । 

Comments