• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
प्रकाशित मिति: बुधबार, साउन २, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरेका छन् । सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेप नभएको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि उनले चुनावमा रुसी हस्तक्षेप रहेको भन्ने अमेरिकी जासूसी संस्थाहरुको दावीलाई मान्ने बताएका हुन् । 

आफूले त रुसले हस्तक्षेप नगर्ने कुनै कारण नभएको पो भनेको’ ट्रम्पले फेरेको बयानमा उल्लेख छ । फिनल्याण्डमा रुसी राष्ट्रपति भ्लादिमीर पुटिनसग भेटका क्रममा ट्रम्पले अमेरिकी निर्वाचनमा रुसी हस्तक्षेप नभएको अभिव्यक्ति दिएपछि सर्वत्र आलोचना भएको थियो ।

आफ्नो अभिव्यक्ति तोडमोड भएको देखेपछि प्रष्टिकरण दिएको पनि ट्रम्पको भनाइ छ । अनुसन्धान निकायहरुको दावीप्रति आफ्नो भरोसा रहेको पनि उनले प्रष्ट पारेका छन् । रुसको हस्तक्षेप नभएको बताएलगत्तै उनकै पार्टी रिपब्लिकनका सीनेटर लिन्ड्से ग्राहमले ट्रम्पको अभिव्यक्तिले अमेरिका कमजोर भएको संकेत दिएको भन्दै आलोचना गरेका थिए ।

अर्का सीनेटर जेफ फ्लेकले ट्रम्पले शर्मनाक शब्द प्रयोग गरेको टिप्पणी गरेका थिए ।

Comments