• पर्दाफास कालो कर्तुतको, जहा अत्याचार, त्याहा खबरदार  सत्य ओकल्ने हाम्रो प्रयास  निरन्तर मोफशलबाट खबरदारी  फोकश न्युज ।
  • Radio Himshikhar
News Updates
  • झापाको दमकमा १२ हजार बढी बालबालिकाले लगाए कोरोना विरुद्धको खोप
  • आज सुनको मूल्य घट्यो, तोलामा २ सयले घटेर ९२ हजार ५ सय रुपैया“मा कारोबार ।
  • आज विश्व क्यान्सर दिवस, क्यान्सरको उपचारमा पहुचको दूरीलाई बन्द गरौ’ भन्ने नाराका साथ दिवस मनाइदै ।
  • सोलुखुम्बुको सल्लेरी लगायतका क्षेत्रमा भारी हिमपात, सडक सञ्जाल ठप्प ।
  • काठमाण्डौ उपत्यकासहित देशभर बर्षा, पहाडी तथा हिमाली भेगका केही ठाउमा हिमपात
अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ
प्रकाशित मिति: मंगलबार, साउन १, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ को अमेरिकी राष्ट्रपति चुनावमा रुसी हस्तक्षेपको आरोपको बचाउ गरेका छन् । फिनल्यान्डको हेल्सिङकीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताकाक्रममा ट्रम्पले अमेरिकी गुप्तचर एजेन्सीको भनाइविपरीत रुसले अमेरिकी चुनावमा हस्तक्षेप गर्ने कुनै कारण नभएको बताएका हुन् । रुसी राष्ट्रपति पुटिनले पनि अमेरिकी मामिलामा रुसले कहिल्यै हस्तक्षेप नगरेको दोर्होयाए ।

दुई नेताबीच दुई घन्टासम्म एक्लाएक्लै वार्तासमेत भएको थियो । वार्तापछिको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसले हस्तक्षेप गर्ने कुनै कारण नदेखेको बताए । रुसी राष्ट्रपति पुटिनले अमेरिकी अनुसन्धानकर्तालाई रुसमा आएर अधिकारीहरुसँग सोधपुछ गर्न प्रस्ताव गरेका छन् । यसको बदलामा अमेरिकामा कुनैपनि आपराधिक गतिविधिका संदिग्धसँग सोधपुछ गर्न यस्तै अधिकार दिइनुपर्ने पनि पुटिनको प्रस्ताव छ ।

एफबीआई र अमेरिकी गुप्तचार एजेन्सीले भने अमेरिकी राष्ट्रपति चुनावमा ट्रम्पका प्रतिस्पर्धी उम्मेदवार हिलारी क्लिन्टनविरुद्ध माहोल बनाउन रुसी संलग्नता रहेको र यसका लागि सामाजिक सञ्जालमा झुटो समाचार फैलाउनेदेखि साइबर आक्रमण गर्न रुसी सरकारको अनुमति लिएर अभियान चलाएको निष्कर्षमा पुगेका थिए ।

यता, वरिष्ठ रिपब्लिकन सीनेटर लिन्ड्से ग्राह्मले ट्रम्पले रुससँग अमेरिका कमजोर बनेको संकेत दिएको भन्दै सन् २०१६ को चुनावका लागि रुसलाई जवाफदेही बनाउन र आगामी चुनावका सम्बन्धमा कडा चेतावनी दिने मौका गुमाएको प्रतिक्रिया दिएका छन् ।

Comments