• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
  • बिराटनगरमा निर्माणाधिन पशु बधशाला निर्माणमा बजेट अभाव
  • आज राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईदै
  • साउदी अरबका युवराजद्वारा परमाणु रियाक्टर बनाउने घोषणा , ८० अर्ब डलर खर्च हुने अनुमान
  • भोजपुरका कृषकहरु धान थन्काउन व्यस्त—उत्पादनमा कमि आएपछि चिन्तित
राष्ट्रिय
सडक ग्राबेल गरेको १५ दिन नबित्दै भत्कीए पछि सडकमा यातायात सञ्चालनमा समस्या उत्पन्न
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०७५

धनकुटा, २७ असार । सडक ग्राबेल गरेको १५ दिन नबित्दै भत्कीए पछि धनकुटाको सिधुवाबाट जितपुर जोड्ने सडकमा यातायात सञ्चालनमा समस्या उत्पन्न भएको छ । सिधुवा स्थीत निगाले सिमेन्ट प्रालिको कच्चा पदार्थ लिन जाने पहुच मार्ग तथा धनकुटाको महालक्ष्मी नगरपालिकालाइ कोशि राजमार्ग जोड्ने मार्ग भत्कीएको हो ।

यो सडकको सिधुवा आहाले खण्डको १ दशमलब ५ किलो मिटर सडक ग्राबेल गर्न र बाल लगाउन सडक डिभिजन कार्यलय धनकुटाले युनिक कन्ट्रक्सन लाइ एक करोड चार लाख रुपैयामा गत फागुन महिनामै ठेक्का लगाएको थियो । तर ठेकेदार कम्पनीले बर्खा लागेपछि मात्र निर्माण सुरु गरेको थियो ।

ग्राबेल गरेको अधिकाशं सडक पुन हिलाम्मे भएपछि समस्या उत्पन्न भएको हो । सडक बिग्रिएपछि महालक्ष्मि नगरपालिकाका बासिन्दालाइ आबतजाबत गर्न असहज भएको छ ।

यता सडक भत्कीए पछि पुन मर्मत गर्न लगाउने तयारी गरीएको सडक डिभिजन कार्यलय धनकुटाका इन्जीनियर अनुप साउदेनले जानकारी दिनुभयो । 

Comments