• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
राष्ट्रिय
नेकपाको पार्टी नियमावलीलाई पारित
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०७५

काठमाडौं, २७ असार । नेपाल कम्युनिस्ट पार्टी, नेकपाले सुझाव प्रतिवेदनको आधारमा पार्टी नियमावलीलाई पारित गरको छ । प्रधानमन्त्री निबास बालुवाटारमा बुधबार बसेको नेकपा सचिवालय बैठकले नियमावलीलाई पारित गर्दे सामान्य परिमार्जन सहित प्रकाशन गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । यस अघि बसेको सचिवालय बैठकले तीन सदस्यीय कार्यदल गठन गर्दै पार्टीका नेताले दिएको सुझावलाई समेटेर बैठकमा प्रस्तुत गर्ने जिम्मेवारी दिइएको थियो ।

कार्यदलमा वामदेव गौतम , रामबहादुर थापा बादल, महासचिव बिष्णु पौडेल रहनु भएको थियो । कार्यदलले यस अघि बसेको स्थायी समितिको बैठले दिएको सुझावलाई आधार मानेर नियमावली तयार गरेको थियो । यस्तै बैठकले पार्टी संगठनहरुको एकताको आवधिक कार्ययोजना बनाउने निर्णय पनि गरेको प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो ।

बिहीबार सचिवालय बैठक बसेर पार्टीका जनवर्गीय संगठनहरुको एकताका लागि समय तोकेरै कार्ययोजना बनाइने प्रवक्ता श्रेष्ठले बताउनुभयो । केन्द्रमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र एकीकृत भए पनि नियमावली नबन्दा तल्ला तहमा पार्टी एकीकरण हुन सकेको थिएन ।

सांगठनिक संरचनाको निश्चित नहुँदा स्थानीय स्तरमा समेत एकीकरण प्रक्रिया अघि बढेको छैन । एकीकरण प्रक्रियाका लागि प्रदेशगत रुपमा समिति भने गठन भएका छन् ।

Comments