• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
खेलकुद
विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्यान्ड र क्रोएसिया भिड्दै
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०७५

एजेन्सी । रुसमा जारी विश्वकप फुटबलको दोस्रो सेमिफाइनलमा आज राती इङ्ल्यान्ड र क्रोएसिया भिड्नेछन् । यो खेल रुसी राजधानी मस्कोस्थित लुझ्निकी रंगशालामा आज राति पौने १२ बजे सुरु हुनेछ । क्वाटरफाइनलमा आयोजक रुसलाई हराउँदै क्रोएसिया तथा स्विडेनलाई हराउदै इङ्ल्यान्ड सेमिफाइनलमा पुगेको हो । आजको विजेताले आइतबार राती सोही रंगशालामा फ्रान्ससँग उपाधिका लागि खेल्नेछ ।

सन् १९६६ को विश्वकप विजेता इङ्ल्यान्ड दोस्रो उपाधिको खोजीमा छ ।  ग्यारेथ साउथगेटले टोलीको प्रशिक्षण समालेयता उसले उत्कृष्ट लय देखाउँदै आएको छ । जारी प्रतियोगितामा समुह चरणको खेलमा बेल्जियमसँग पराजित भएको इङ्ल्यान्डले बाँकी सबै खेल जितेको छ । उता क्रोएसिया पनि दोस्रो पटक विश्वकपको सेमिफाइनलमा पुगेको छ ।

सन् १९९८ को विश्वकपमा पहिलो सहभागितामै सेमिफाइनलसम्म पुगेको क्रोएसिया आज फाइनलमा पुग्दै नयाँ इतिहास रच्न चाहन्छ । रियाल मड्रिडका लुका मोड्रिच र बार्सिलोनाका ईभा राकिटिच जस्ता मिडफिल्डरहरुले क्रोएसियन टोलीलाई विश्वस्तरका बनाएका छन् ।

यी दुई टोलीहरुको हेड टु हेड रेकर्ड हेर्दा इङ्ल्यान्ड बलियो देखिन्छ । दुई टोली एक आपसमा ८ पटक भिडेका छन् । जसमा इङ्ल्यान्ड ४ पटक विजयी भएको छ भने क्रोएसिया दुई पटक विजयी भएको छ । बाकी दुई खेल बराबरीमा सकिएका छन् ।

Comments