• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डडेल्धुरास्थित उग्रतारा मन्दिरमा मंसिर ६ गते लाग्ने मेलाको तयारी तिब्र
  • ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला र जुनार मासिन थाले, किसान चिन्तीत
  • शिक्षाका लागि विश्वव्यापी अभियान जीसीईको छैटौं विश्व सम्मेलन आज सुरु हुदै
  • केन्द्रीय सरकारले संघीय प्रहरी ऐन अझै निर्माण गर्न सकेन, प्रदेश सरकारहरुलाई कार्य सम्पादनमा समस्या
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
खेलकुद
बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०७५

एजेन्सी । बेल्जियमलाई हराउँदै फ्रान्स फिफा विश्वकपको फाइनलमा प्रवेश गरेको छ । डिफेन्डर सामुयल उम्टिटीको दोस्रो हाफको  गोल निर्णायक बन्दा फ्रान्सले उपाधिको दाबेदार बेल्जियमलाई १–० ले हरायो । सन् १९९८ को विजेता फ्रान्सले सन् २००६ मा पनि फाइनलमा स्थान बनाएको थियो । प्रतिष्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएको थियो । ३४औं मिनेटमा फ्रान्सले निकै राम्रो मौका पाएको थियो ।

तर एन्टोइन ग्रिजम्यानको पासमा एमबाप्पेले मिलाइदिएको बललाई ओलिभर जिरुडले गोलमा परिणत गर्न सकेनन् । ४०औं मिनेटमा फ्रान्सले अर्काे मौका पाएको थियो । एमबाप्पेको पासलाई पाभार्डले गोलको दिशा दिएपनि बेल्जियमका गोलकिपर कोट्र्वा बाधक बने । पहिलो हाफको इन्ज्युरी समयमा बेल्जियमले निकै राम्रो मौका पाएको थियो ।

केभिन डि ब्रुयनको क्रसलाई रोमेलु लुकाकुले कनेक्ट गर्न नपाएपछि पहिलो हाफ गोलरहित बन्यो । दोस्रो हाफको छैटौं मिनेटमा फ्रान्सले अग्रता लियो । ग्रिजम्यानको कर्नर प्रहारलाई सामुयल उम्टिटीले हेडमार्फत गोलमा परिणत गरे ।

यसक्रममा उनले मेराउन फेलानीलाई बिट गरेका थिए । इन्ज्युरी समयमा फ्रान्सले दुईवटा उत्कृष्ट अवसर पाएको थियो । ग्रिजम्यान र टिलिसोको प्रहारलाई बेल्जियम गोलकिपरले सहजै बचाए । बेल्जियमले बाँकी समयमा खेलमा फर्किने प्रयास गरे पनि गोल गर्न नसक्दा पहिलो पटक विश्वकप फाइनल खेल्ने लक्ष्य पूरा हुन सकेन । 

Comments