• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डडेल्धुरास्थित उग्रतारा मन्दिरमा मंसिर ६ गते लाग्ने मेलाको तयारी तिब्र
  • ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला र जुनार मासिन थाले, किसान चिन्तीत
  • शिक्षाका लागि विश्वव्यापी अभियान जीसीईको छैटौं विश्व सम्मेलन आज सुरु हुदै
  • केन्द्रीय सरकारले संघीय प्रहरी ऐन अझै निर्माण गर्न सकेन, प्रदेश सरकारहरुलाई कार्य सम्पादनमा समस्या
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
अन्तर्राष्ट्रिय
पाकिस्तानमा गराइएको आत्मघाती विस्फोटमा परी एक नेता सहित कम्तीमा १२ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, आषाढ २७, २०७५

एजेन्सी । पाकिस्तानको पेशावरमा मंगलबार राति गराइएको संदिग्ध आत्मघाती विस्फोटमा अवामी नेसनल लिग(एएनपी) का नेता हारुन बिलौरसहित कम्तीमा १२ जना मारिएका छन् । याकातूत क्षेत्रमा एउटा चुनावी बैठकलाई लक्षित गरी गराइएको विस्फोटमा परि ३० जनाभन्दा बढी घाइते भएका छन् । एएनपी नेता आफ्ना कार्यकर्ताहरुसँग छलफल गर्दै गर्दा विस्फोट गराइएको हो ।

बिल्लौर मञ्चमा उक्लदै गर्दा एक व्यक्तिले आत्मघाती विस्फोट गराएको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् । पाकिस्तानी समाचार संस्था डनका अनुसार विस्फोटबाट गम्भीर घाइते भएका बिल्लौरको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो ।

बिल्लौरका बुवा तथा एएनपीका वरिष्ठ नेता बशीर अहमद बिलौर पनि सन् २०१२ मा पेशावरमा पार्टीको बैठकका क्रममा आत्मघाती विस्फोटमा मारिएका थिए ।  पाकिस्तानमा यही जुलाई २५ मा आम चुनाव हुँदैछ । चुनाव नजिकिँदै जाँदा हिंसात्मक घटनाहरु बढ्दै गएका छन् । 

Comments