• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
राष्ट्रिय
नेकपाद्वारा सांगठानिक एकताको प्रक्रियालाई छिटै अघि बढाउने निर्णय
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

काठमाडौ, २६ असार । नेपाल कम्युनिष्ट पार्टीले सांगठानिक एकताको प्रक्रियालाई छिटै अघि बढाउने भएको छ । प्रधानमन्त्री निबास बालुवाटारमा मंगलबार बसेको पार्टी सचिवालय बैठकले नियमावलीमाथिको छलफल सकिएलगतै संगठानिक एकीकरणको प्रक्रिया अघि बढाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

दुई पार्टीको एकताभएको लामो समय हुदा पनि कमिटि र जनवर्गीय संगठनको एकता हुन बाकी छ । बैठकमा नियमावली निर्माण कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल भएको र मंगलबारसम्म पार्टी नियमावलीलाई अन्तिम रुप दिने प्रवक्ता श्रेष्ठले जानकारी दिनुभयो । 

पार्टीका बामदेव गौतम, महासचिव विष्णु पौडेल र रामबहादुर थापा रहेको तीन सदस्यीय कार्यदलले सुझाव समेटेर नियमावली प्रतिवेदन सचिवालयमा बुझाएको थियो ।

Comments