• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
राष्ट्रिय
संसदीय सुनुवाइ समितिद्वारा उपसमिति गठन
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

काठमाडौ, २६ असार । संसदीय सुनुवाइ विशेष समितिले समितिको कार्यविधी निर्माण गर्न उपसमिति गठन गरेको छ । समितिका जेष्ठ सदस्य लक्ष्मणलाल कर्णको सभापतित्वमा पहिलो पटक बसेको समिति बैठकले समितिको कार्यविधी निर्माण गर्न तीन सदस्यीय उपसमिति गठन गरेको हो । समितिमा योगेश भट्टराई, पुष्पा भुसाल र शिवकुमार मण्डल केवट सदस्य रहनुभएको छ । बैठकले उपसमितिलाई बुधबारसम्म कार्यविधी तयारगर्न समय दिईएको समिति सभापति कर्णले जानकारी दिनुभयो ।

त्यस्तै सुनुवाई समितिमा प्रधानन्याधिश नियुक्तीका लागी सुनुवाई गर्न प्रस्ताव आएको सभापति कर्णले बताउनुभयो । संवैधानिक परिषदद्वारा सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिश कामु प्रधानन्ययाधीश दीपकराज जोशीको सुनुवाईका लागी जेष्ठ २९ गते समितिमा प्रस्ताव पठाएको थियो ।

समितिको बिहीबार बस्ने बैठकमा कार्यविधी टुङ्गो लाग्ने र प्रधानन्यायाधीश नियुक्तीका लागी सुनुवाई प्रक्रिया सुरु गर्ने सभापति कर्णले जानकारी दिनुभयो । समितिमा प्रतिनिधिसभाका १२ र राष्ट्रिय सभाका ३ सदस्य छन् ।

संसदीय सुनुवाई समिति गठन हुन नसक्दा कामु प्रधानन्यायाधीशको सुनुवाइ हुन सकेको थिएन । संसदीय समितिले अनुमोदन गरेपछि मात्र राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्त गर्ने बाटो खुल्नेछ ।

Comments