• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
राष्ट्रिय
आज मध्य र पश्चिमको एक दुई ठाउमा ठूलो पानी पर्ने संभावना रहेको : मौसम पुर्वानुमान महाशाखा
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

२६ असार । आज पनि  देशका धेरै ठाउँमा पानी परिरहेको छ । आज मध्य र पश्चिमको एक दुई ठाउमा भने ठूलो पानी पर्ने संभावना रहेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ । शाखाका मौसमविद् वरुण पौडेलका अनुसार मनसुन सक्रिय भएकाले आज हिजो अस्तिको भन्दा धेरै पानी पर्नेछ । मनसुन सक्रिय भएकाले अस्तिदेखि नै केहीबेर रोकिँदै पानी परिरहेको छ । मौसम एकैछिन खुलेपनि फेरि बदली भइ पानी पर्ने उहाको अनुमान छ ।

सामान्यतया मनसुनमा बिहान मौसम खुलेपनि दिउसोपछि बदली भइ बेलुकी देखि पानी पर्ने उहाको भनाई छ । यस्तै नजिकै पानी पर्दा अर्काे ठाउमा नपरेको पनि छ । गएको २४ घण्टामा लुम्लेमा १ सय ९ दशमलव ८ मिलिमिटर पानी परेको जल तथा मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

यस्तै आज दोलखा, सिन्धुपाल्चोक, रसूवा, धादिङ, गोरखा, लम्जुङ, तनहुँ, कास्की, दैलेख, डोटी र डडेलधुरा हुँदै बग्ने खोला र नदीमा ठूलो बाढी आउँने संभावना भएकाले आसपासका बासिन्दालाई सतर्कता अपनाउन बाढी पूर्वानुमान शाखाले आग्रह गरेको छ । यसैगरी भिरालो जमिन र यसअघि पहिरो गएको ठाउँमा पनि सावधानी अपनाउन शाखाले अनुरोध गरेको छ । 

Comments