• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
लगातारको वर्षा र बाढीले तेह्रथुमका सडक हिलाम्मे भएपछि यातायात अवरुद्ध
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

तेह्रथुम, २६ असार । लगातारको वर्षा र बाढीले तेह्रथुमका सडक हिलाम्मे भएपछि यातायात अवरुद्ध भएको छ । जिल्लाका दुई नगरपालिका र चार वटै गाउँपालिकामा निर्माणाधीन रहेका सडकमा क्षति पुगेपछि सदरमुकामसँगको यातायात सम्पर्क टुटेको छ । निर्माण भइसकेका र बन्दै गरेका सबै सडक वर्षाले बगाएर र बाढीले खोलेर ठूल्ठूला खाडल बनाएपछि ट्याक्टर समेत चल्न नसक्ने अवस्थामा पुगेका छन् ।

सदरमुकामलाई पुर्वी तराईसँग जोड्ने वसन्तपुर–म्याङलुङ २६ किलोमिटर सडकका ठाउँ–ठाउँमा हिलो जमेर आवागमनमा समस्या भएको छ । वर्षाको पानीले सडक हिलाम्मे हुँदा जिल्लाका ४० भन्दा बढी सडकमा यातायात एकैपटक ठप्प भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय, बसन्तपुरले जनाएको छ । वर्षाको भेलले बगाएका सडकमा करोडौं रुपैयाँ खर्च गरेर मर्मत गरिएको थियो, तर मर्मतले वर्षाको पानी र बाढीलाई थाम्न सकेको छैन ।

वातावरणीय प्रभाव अनुगमन मूल्यांकन नै नगरी नियम विपरीत डोजर र स्काभेटर लगाएर खनिएका धेरै सडकमा पहिरो गएको छ । सदरमुकाम म्याङलुङ्ग देखि ओयाक्जुङ, जलजले, सिम्ले, सम्दु, सक्रान्तिबजारका लागि छुट्ने साना सवारी नकुदेको महिनौँ हुन लागेको छ ।

जिरिखिम्तीदेखि मोराहाङ, श्रीजुङ जोडिने सडक पनि क्षतिग्रस्त छ । वर्षाले सडक हिलाम्मे भएर हिलोमा फसेका सवारी निकाल्न चालक र यात्रु घण्टौसम्म ठेलिरहेका भेटिन्छन् । 

Comments