• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डडेल्धुरास्थित उग्रतारा मन्दिरमा मंसिर ६ गते लाग्ने मेलाको तयारी तिब्र
  • ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला र जुनार मासिन थाले, किसान चिन्तीत
  • शिक्षाका लागि विश्वव्यापी अभियान जीसीईको छैटौं विश्व सम्मेलन आज सुरु हुदै
  • केन्द्रीय सरकारले संघीय प्रहरी ऐन अझै निर्माण गर्न सकेन, प्रदेश सरकारहरुलाई कार्य सम्पादनमा समस्या
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
राष्ट्रिय
नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

चितवन, २६ असार । नारायणगढ– मुग्लिन सडकखण्डको ठाउँठाउँमा पहिरो खसेपछि सडक अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुर महानगरपालिका–२९ घुमाउनेमा आज बिहान ५ बजे ठूलो पहिरो खसेको छ । पहिरो पन्छाउने काम भइरहको छ ।

त्यसैगरी सोही सडकको टोपे खोला र जलवीरेमा पनि साना पहिरो खसेका छन् । यसअघि सोमबार राति ११ः४० बजे गाईघाटमा खसेको पहिरो बिहान १ः३० बजे पन्छाएर एकतर्फी सवारी सञ्चालनमा ल्याइएको थियो ।

सोमबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेकाले सो सडकका जुनसुकै ठाउँमा पहिरो खस्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ । विस्तारका क्रममा सडकका धेरै ठाउँमा भित्तो काटिएपछि पानी परेसगै ठाउंठाउंमा पहिरो खसेको हो । 

Comments