• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
अन्तर्राष्ट्रिय
थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

एजेन्सी । थाइल्यान्डको एउटा गुफामा १७ दिनदेखि फसेका बालकमध्ये थप चारको उद्धार भएको छ । उद्धारकर्मीहरूले बाढीग्रस्त गुफामा फसेका थप चार बालकलाई बाहिर ल्याएका हुन् । यसअघि आइतबार चार जनालाई उद्धार गरिएको थियो । यो संगै अब गुफाभित्र ५ जना मात्र रहेका छन् । गत जुन २३ देखि त्यहँ अलपत्र परेका १२ बालक र तिनका फुटबल प्रशिक्षकलाई बाहिर ल्याउन आइतबारबाट चुनौतीपूर्ण र जटिल उद्धार अभियान थालिएको थियो ।

दुई दिनमा गरेर आठ जनाको उद्धार गरिसकेको थाइल्यान्डको जलसेनाले पुष्टि गरेको छ । गुफाभित्र चार बालक र फुटबल प्रशिक्षक मात्र बाकी छन् । आइतबार उद्दार गरिएकाहरुको स्वास्थ्य अवस्था राम्रो रहेको बताइएको छ । तर पछिल्लो पटक उद्धार गरिएकाहरुलाई भने सामान्य चिसो लागेको अधिकारीहरुले जनाएका छन् । उद्धार गरिएकाहरुलाई हेलिकोप्टरमार्फत चियाङराई सहरस्थित अस्पतालमा भर्ना गरिएको छ ।

अधिकारीहरुले उद्धार गरिएकाहरुको परिचय गोप्य राखेका छन् । उद्धार गरिएका विद्यार्थीसग उनीहरुका परिवारका सदस्यलाई समेत भेट गर्न दिइएको छैन । उद्धार टोलीमा थाइल्यान्डका ४० जनासहित विभिन्न देशका ९० जना सहभागी छन् । अब गुफाभित्र बाकी चार बालकसहित पाच जनाको पनि उद्धार गर्ने तयारी भइरहेको अधिकारीहरुले जनाएका छन् ।

Comments