• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
राष्ट्रिय
पाचथरमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु
प्रकाशित मिति: मंगलबार, आषाढ २६, २०७५

पाचथर, २६ असार । मध्यपहाडी लोकमार्ग हुँदै च्याङथापुदेखि पाचथरको फिदिमतर्फ गइरहेको मे १ ज २०५१ नम्बरको ट्याक्सी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । ट्याक्सीमा सवार अन्य आठ जना घाइते भएका छन् । आज विहान साढे साते बजे याङवरक ३ ओयामको तिम्सेबोट भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा परि याङवरक १ निवासी कैलाश अधिकारीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा परि ट्याक्सि चालक र सहचालक सहित आठ जना घाईते भएका छन् । याङवरक १ निवासि सपना राई, अर्जुन राई, ललिता राई, ताप्लेजुङको कालिखोला निवासि फुलमाया बानिया, रामचन्द्र खड्का, ट्याक्सि चालक दल बहादुर धिमाल, सहचालक राजेन्द्र राई र प्रेम बर्देवा घाईते भएको याङवरक तीन ओयामका वडाध्यक्ष मविन्द्र योङ्याले जानकारी दिनुभयो ।

घाइतेमध्ये चार जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि जिल्ला अस्पताल फिदिम पठाइएको योङ्याले जानकारी दिनुभयो । सडकबाट चिप्लिएर ट्याक्सि भिरमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।   

Comments