• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
  • बिराटनगरमा निर्माणाधिन पशु बधशाला निर्माणमा बजेट अभाव
  • आज राष्ट्रिय विभूति फाल्गुनन्दको १३४ औं जन्मजयन्ती, विभिन्न कार्यक्रम गरि मनाईदै
  • साउदी अरबका युवराजद्वारा परमाणु रियाक्टर बनाउने घोषणा , ८० अर्ब डलर खर्च हुने अनुमान
  • भोजपुरका कृषकहरु धान थन्काउन व्यस्त—उत्पादनमा कमि आएपछि चिन्तित
अन्तर्राष्ट्रिय
जापानमा बाढी र पहिरोमा परेर कम्तिमा एक सय जनाको मृत्यु
प्रकाशित मिति: सोमबार, आषाढ २५, २०७५

एजेन्सी । जापानमा बाढी र पहिरोमा परेर कम्तिमा एक सय जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी वेपत्ता छन् । जापानका १५ लाख भन्दा धेरैलाई आफ्नो घर छाडेर सुरक्षित स्थानमा जान भनिएको छ । स्थानिय संचारमाध्यमका अनुसार पहिरोमा धेरै व्यक्तिहरु जिउँदै पुरिएका छन् ।

अधिकांशको मृत्यु हिरोसिमाको प्रिफेक्चरमा भएको छ । सेना, प्रहरी र सहायताकर्मीहरु उद्धार तथा राहतमा परिचालित छन् । गत विहीबारदेखि जापानको पश्चिमी क्षेत्रमा भारी वर्षा भइरहेको छ । जापानको मौसम विभागका अधिकारीहरुका अनुसार राजधानी टोकियोबाट करिब ६ सय किलोमिटर टाढा पर्ने मोटोयामा शहरमा शुक्रबार बिहानबाट शनिबार बिहानसम्म ५८३ मिलिमिटर वर्षा भएको छ ।

यो रेकर्ड हालसम्मकै उच्च हो । हिरोसिमाभन्दा तीन सय किलोमिटर टाढा पर्ने क्योटो शहरमा अहिले पनि मुसलधारे वर्षा भइरहेको छ ।  जापानको मौसम विभागका अधिकारीले यस्तो खालको वर्षा अहिलेसम्म थाहा नपाएको  प्रतिक्रिाय दिएका छन् । मौसम विज्ञका अनुसार अझै केही दिनसम्म वर्षा जारी रहने सम्भावना छ ।

Comments