• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
राष्ट्रिय
बालबालिकाको हक तथा अधिकार संरक्षणका बिषयलाई सरकारले प्राथमिकतामा राखेको : मन्त्री थममाया थापामगर
प्रकाशित मिति: सोमबार, आषाढ २५, २०७५

काठमांडौ, २५ असार । महिला, बालिबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापामगरले बालबालिकाको हक तथा अधिकार संरक्षणका बिषयलाई सरकारले प्राथमिकतामा राखेको बताउनु भएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै बालबालिका सम्बन्धी ऐन तर्जुमा गरिएको पनि बताउनु भयो ।

उहाँले केही समययता मुलुकका विभिन्न भागबाट ८ सय ९९ बाल बालिकाकालाई उद्धार गरिएको जानकारी दिनुभयो । महिला विरुद्ध हुने हिंसा अन्त्य र पीडितलाई क्षतिपूर्ति हुने गरी कार्यक्रम अघि बढाइने र ज्येष्ठ नागरिकको हितका लागि सेवा केन्द्र खोलिने उहाले जानकारी दिनुभयो ।

त्यस्तै उहाले अनुदान दिने अपांगता भएका व्यक्तिको क्षेत्रमा काम गरिरहेको संस्थाको अनुगमन भइरहेको जानकारी पनि दिनुभयो । मन्त्री थापाले नागरिकता नपाएका बालबालिकालाई कसरी सहज ढंगबाट सेवा प्रदान गर्न सकिन्छ, भन्नेमा सरकार सजग र सचेत रहेको जानकारी दिनुभयो ।

Comments