• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
राष्ट्रिय
बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले भइरहेका कुनै संरचनालाई प्रभावित नपार्ने : अर्थमन्त्री खतिवडा
प्रकाशित मिति: सोमबार, आषाढ २५, २०७५

काठमांडौ, २५ असार ।   अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले भइरहेका कुनै संरचनालाई प्रभावित नपार्ने बताउनु भएको छ । राष्ट्रियसभाको सोमबारको बैठकमा आफ्ना मन्त्रालयमाथि उठेका प्रश्नको जवाफ दिदै अर्थमन्त्री खतिवडाले बजेटमार्फत प्रस्ताव गरिएको थिंक ट्यांकले कुनै संरचना प्रभावित नहुने बताउनु भएको हो ।

थिंक ट्यांक खास नीति तयार गर्न विज्ञ समूह बनाउने प्रस्ताव मात्र भएको भन्दै उहाले त्यसको प्रयोजन सकिएपछि औचित्य हेरेर सरकारले निरन्तरता दिन सक्ने नसक्ने निर्णय लिने जिकिर गर्नुभयो । खतिवडाले संघीय सरकारले ल्याएको १३ खर्ब १५ अर्ब १६ करोड रुपैयाँको बजेट सानो नभएको पनि बताउनुभयो ।

संघीय सरकारबाट राजस्वसहित खर्चको आकार र आन्तरिक ऋण उठाउने क्षेत्र स्थानीय र प्रदेश तहलाई बाँढिएको पनि उहाले स्पष्ट पार्नुभयो । उहाले चालु आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षमा सरकारले संकलन गर्ने राजस्वको आकार ३५ प्रतिशत आकार बढाइएको बताउनुभयो ।

भुगोल र जनसंख्याको सन्तुलन मिलाएर प्रदेशलाई बजेट विनियोजन गरिएको भन्दै उहाले कुनै प्रदेशलाई धेरै र कुनैलाई थोरै बजेट दिएर भेदभाव नगरिएको पनि उल्लेख गर्नुभयो । बजेटले संघीय संरचनालाई अँगालेको भन्दै अर्थमन्त्री खतिवडाले अधिकारहरु प्रष्ट बाँडफाँट भएको दाबी गर्नुभयो ।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीति तयार पारिरहेको हुँदा ब्याज दरको समस्या त्यहीँबाट समाधान हुने भन्दै उहाले भारतीय नोटबन्दीपछिका समस्याका बारेमा भारतीय पक्षसँग कुराकानी गरिने धारणा राख्नुभयो ।

Comments