• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डडेल्धुरास्थित उग्रतारा मन्दिरमा मंसिर ६ गते लाग्ने मेलाको तयारी तिब्र
  • ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला र जुनार मासिन थाले, किसान चिन्तीत
  • शिक्षाका लागि विश्वव्यापी अभियान जीसीईको छैटौं विश्व सम्मेलन आज सुरु हुदै
  • केन्द्रीय सरकारले संघीय प्रहरी ऐन अझै निर्माण गर्न सकेन, प्रदेश सरकारहरुलाई कार्य सम्पादनमा समस्या
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
राष्ट्रिय
मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने सरकारको घोषणा
प्रकाशित मिति: सोमबार, आषाढ २५, २०७५

२५ असार ।  सरकारले शुक्रबार मुस्ताङमा टिपर दुर्घटनामा परी मृत्यु भएका परिवारलाई पाँच–पाँच लाख रुपैयाँ दिने घोषणा गरेको छ ।  प्रतिनिधीसभाको सोमबारको बैठकमा गृहमन्त्री रामबहादुर थापाले घटनाबारे जानकारी गराउँदै मृतकका परिवालाई पाँच लाख लिने बताउनुभएको हो ।

विरुवा कन्ट्रक्सनले स्थानीय बाटो निर्माण गर्ने क्रममा खाना खाएर काममा फर्किने क्रममा दुर्घटना भएको गृहमन्त्री थापाले संसदलाई जानकारी गराउनु भयो । उहाले  टिपरमा ३२ जना सवार भएको र जसमध्ये २० जनाको मृत्यु भएको र घाइतेहरुको पोखराको मणिपाल अस्पतालमा उपचार भइरहेको जानकारी दिनुभयो ।

उहाले घाइतेहरुको अवस्था चिन्ता मुक्त रहेको उल्लेख गर्नुभयो । उक्त दुर्घटनामा रोल्पाका ९ जना र दाङका ६ जनाको मृत्यु भएको थियो । त्यस्तै धादिङ, स्याङ्जा, ओखलढुंगा, कैलालीका १–१ जनाको मृत्यु भएको थियो ।

Comments