• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
खेलकुद
विश्वकपको सेमिफाइनल खेलमा क्रोएशियाले इङ्ल्याण्डसँग र फ्रान्सले बेल्जियमसँग खेल्दै
प्रकाशित मिति: आइतबार, आषाढ २४, २०७५

एजेन्सी ।  अन्तिम क्वार्टरफाइनलमा ईङल्याण्ड र क्रोएशियाको जितसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ । मंगलबार नेपाली समयअनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् । यी दुईबीचको खेल रुसको सेन्ट पिटर्सवर्ग रंगशालामा हुनेछ ।

क्वार्टरफाइनलमा फ्रान्सले उरुग्वेलाई र बेल्जियमले पाँच पटकको विजेता ब्राजिललाई हराउँदै सेमिफाइनलमा भेट पक्का गरेका थिए । फ्रान्स सन् १९९८ को च्यामिपयन हो भने बेल्जियम पहिलो उपाधिको खोजीमा छ । बुधबार दोस्रो सेमिफइनल हुनेछ । जहाँ पूर्व च्याम्पियन इंग्ल्याण्ड र क्रोएशिया आमनेसामने हुँदैछन् । बुधबार राति नेपाली समय अनुसार पौने १२ बजेदेखि रुसको मस्कोस्थित लुज्निकी रंगशालामा दोस्रो सेमिफाइनल हुनेछ ।

सेमिफाइनलमा पराजित दुई टोलीले तेस्रो स्थानका लागि आगामी शनिबार सेन्ट पिटर्सवर्ग रंगशालामा नेपाली समय अनुसार साँझ पौने ८ बजे खेल्नेछन् भने आईतबार बहुप्रतिक्षीत फाइनल खेल हुनेछ । जुन मस्कोको लुज्निकी रंगशालामा हुनेछ । क्वार्टरफाइनल चरणको खेलपछि यस विश्वकपको उपाधि युरोप बाहिर नजाने पक्का भएको छ । क्वार्टरफाइनलमा ६ युरोप र २ दक्षिण अमेरिकी टोली पुगेकोमा उरुग्वेले फ्रान्स र ब्राजिलले बेल्जियमसँग हार ब्यहोरेपछि विश्वकपमा युरोपका टोली मात्र बाँकी रहेका हुन् ।

२० संस्करणको विश्वकप सकिँदा दक्षिण अमेरिकी टोलीले ९ र युरोपेली टोलीले ११ पटक विश्वकप उपाधि जितेका छन् । युरोपमा अब १२ औं विश्वकप उपाधि हुने भएको छ ।  यसअघि गएराती सम्पन्न खेलमा स्वेडेनलाई २–० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ।

त्यस्तै हिजै भएको अर्को खलमा आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ । उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४–३ ले हराएको हो । क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ ।

Comments