• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • भोजपुरका किसान व्यावसायिक किवी खेती तर्फ आर्कषित
  • प्रदेश १ का सबै जिल्लामा डिजिटल प्रहरी परिचालन प्रणाली विस्तार गर्ने मुख्यमन्त्री शेरधन राईको भनाइ
  • कानून परिमार्जन गर्न सरकार तयार रहेको प्रधानमन्त्री केपी शर्मा ओलीको धारणा
  • धनकुटाको लेगुवास्थित अरुण नदीमा डुबेर ६१ वर्षीया वृद्धा सुककुमारी राइ बेपत्ता
  • खुर्सीद आलम हत्याको विरोधमा स्थानीय आन्दोलित, सुनसरीको भुटाह स्थित प्रहरी चौकीमा तोडफोड
खेलकुद
स्वेडेनलाई २-० गोलले पराजित गर्दै ईङल्याण्ड विश्वकप फुटबलको सेमीफाईनलमा प्रवेश
प्रकाशित मिति: आइतबार, आषाढ २४, २०७५

एजेन्सी ।  स्वेडेनलाई २–० गोलले पराजित गर्दै ईङल्याण्डले विश्वकप फुटबलको सेमीफाईनलमा स्थान पक्का गरेको छ। स्विडेनको तुलनामा ईङल्याण्ड राम्रो लयमा देखिएको थिया खेलको ३०औं मिनेटमा एस्ले योंगले प्रहार गरेको कर्नरमा ह्यारी मग्वायरले टाउको मार्फत गोल गरेका थिए। त्यसैगरि दोस्रो गोल डेले अलीले गरेका थिए ।  अन्तिम पटक सन् १९९०को विश्वकप फुटबलको सेमीफाईनल पुगेको ईङल्याण्डलाई विश्वकप फुटबलमा सेमीफाईनलको यात्रा गर्न २८ बर्ष लागेको छ।

यसअघि सन् १९६६मा ईङल्याण्ड सेमीफाईनल पुगेको थियो। उक्त विश्वकप ईङल्याण्डले जितेको थियो। यसैबिच  आयोजक रसियालाई हराउँदै क्रोएशिया सेमिफाइनलमा प्रवेश गरेको छ । सेमिफाइनल प्रवेशका लागि क्रोएशियाले  टाइब्रेकरसम्म कुर्नुर्पयो । उसले टाइब्रेकरमा रसियालाई उसको घरेलु मैदानमा ४–३ ले हराएको हो ।

क्रोएशियाले सेमिफाइनलमा इङ्ल्याण्डसँग खेल्नेछ। फ्रान्समा सन् १९९८ मा भएको विश्वकपमा सेमिफाइनल यात्रा तय गरेयता क्रोएशियाको यो दोश्रो विश्वकप सेमिफाइनल हो। सो विश्वकपमा क्रोएशिया आयोजक फ्रान्ससँग पराजित हुँदै फाइनल पुग्न असफल भएको थियो। उसले नेदरल्यान्डलाई हराउँदै तेश्रो स्थानमा चित्त बुझाएको थियो।

यसैविच अन्तिम क्वार्टरफाइनलमा क्रोएशियाले घरेलु टोली रुसलाई पेनाल्टी शुटआउटमा ४–३ गोलले पराजित गरेसँगै जारी विश्वकपको सेमिफाइनल समीकरण पूरा भएको छ । विश्वकपको सेमिफाइनल खेल मंगलबारदेखि सुरु हुँदैछ ।

मंगलबार नेपाली समय अनुसार राति पौने १२ बजे पूर्व च्याम्पियन फ्रान्स र पहिलो विश्वकपको खोजीमा रहेको बेल्जियम फाइनल प्रवेशका लागि आमने सामने हुनेछन् ।

Comments