• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • डडेल्धुरास्थित उग्रतारा मन्दिरमा मंसिर ६ गते लाग्ने मेलाको तयारी तिब्र
  • ओखलढुंगामा विभिन्न रोगका कारण सुन्तला र जुनार मासिन थाले, किसान चिन्तीत
  • शिक्षाका लागि विश्वव्यापी अभियान जीसीईको छैटौं विश्व सम्मेलन आज सुरु हुदै
  • केन्द्रीय सरकारले संघीय प्रहरी ऐन अझै निर्माण गर्न सकेन, प्रदेश सरकारहरुलाई कार्य सम्पादनमा समस्या
  • अमेरिकाको क्यालिफोर्निया फैलिएको आगालागीमा परि मृत्यु हुनेको संख्या २५ पुग्यो
अन्तर्राष्ट्रिय
जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेका संख्या ५० पुग्यो
प्रकाशित मिति: आइतबार, आषाढ २४, २०७५

एजेन्सी । जापानको पश्चिमी क्षेत्रमा आएको बाढी पहिरोका कारण मृत्यु हुनेका संख्या ५० पुगेको छ । बाढीपहिरोमा परि दर्जनौँ हराइरहेका छन् । सबैभन्दा क्षति हिरोशिमा प्रिफेक्चर क्षेत्रमा भएको अधिकारीहरुले बताएका छन् । बिहीबारदेखि नै परेको मुसलधारे पानीका कारण यहाँका सयौँ घरहरु भत्किएका छन् ।

 जापानमा १५ लाख मानिसलाई आफ्नो घर छाडेर सुरक्षित ठाउँमा जान भनिएको छ । बेपत्ता मानिसहरुको खोजी तथा उद्धारमा सयौँको संख्यामा प्रहरी, कर्मचारी, अग्निनियन्त्रक तथा सेना खटिएका छन् ।  

जापानको मौसम विभागका अनुसार शुक्रबार बिहानदेखि शनिबार बिहानसम्म राजधानी टोकियोमा ५ सय ८३ मिलिमिटर पानी परेको थियो । केही दिन अझ पानी पर्ने मौसमविदले जनाएका छन् । आँधी तुफानको मौसम भएकाले नदी किनारका बस्तीहरु जोखिममा रहेका छन् ।

Comments