• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङद्वारा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन
प्रकाशित मिति: आइतबार, आषाढ २४, २०७५

मोरङ, २४ असार । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले चालु आर्थिक वर्षको ११ महिनामा २ करोड ६० लाख ९३ हजार जरिवाना संकलन गरेको छ । ट्राफिक प्रहरीले गएको आर्थिक २०७३\०७४को भन्दा ६१ लाख २७ हजार बढी जरिवाना संकलन गरेको हो ।  

आर्थिक वर्ष २०७४/७५ मा ट्राफिक नियम उल्लंघन गरेका सवारी साधनबाट जरिवाना संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । चालु आर्थिक वर्षमा बढी ट्राफिक नियम उल्लंघन गरेको भन्दै मोरङ ट्राफिकले १६ हजार ७ सय ६३ वटा मोटरसाइकललाई कारबाही गरी एक करोड १ लाख ९० हजार पाँच सय जरिवाना संकलन गरेको हो ।

वर्षभरीमा मोरङ ट्राफिकले ट्राफिक नियम उल्लंघन गरेको ४७ हजार ७ सय ६८ वटा सवारी साधनलाई कार्वाही गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक शिवकुमार पोखरेलले जानकारी दिनुभयो ।

यस्तै गएको ११ महिनामा मोरङमा ६ सय ९१ वटा दुर्घटना हुँदा एक सय तीन जनाको ज्यान गएको ट्राफिक प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङमा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेको छ । चालु आर्थिक वर्षमा ३ सय ४७ वटा मोटरसाईकल दुर्घटनामा परेको थियो ।

Comments