• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
अन्तर्राष्ट्रिय
रासायनिक ग्यास आक्रमणको मुख्य योजनाका नेता सोको आसहरा सहित ७ जनालाई मृत्युदण्ड
प्रकाशित मिति: शुक्रबार, आषाढ २२, २०७५

एजेन्सी । सन् १९९५ मा टोकियो सहरको सव–वेमा घातक सरिन ग्यास आक्रमणका मुख्य योजनाकार सहित ७ जनालाई जापानमा मृत्युदण्ड दिइएको छ । रासायनिक ग्यास आक्रमणको मुख्य योजनाकार कथित धार्मिक समूह ओम सिरन्क्योका नेता सोको आसहरा सहित ७ जनालाई टोकियोको हिरासतमा आज बिहान मृत्युदण्ड दिइएको हो । उनीहरुले सन् १९९५ को मार्च २० मा स्नायु प्रणालीमा असर र्पुयाउने सरिन नामक ग्याँसले टोकियो सव–वेमा हमला गरेका थिए ।

जापानको अहिले सम्मकै ठूलो हिंसात्मक घटना मानिने सो काण्डमा १३ जनाको मृत्यु भएको थियो भने हजारौं व्यक्ति प्रभावित भएका थिए । सरिन ग्यास आक्रमणका ६ जना दोषीले अझै मृत्युदण्डको मिति कुरिरहेका छन् । उनीहरूले स्नायु प्रणालीमा असर गर्ने रसायनहरूले भरिएका प्वाल परेका झोलाहरू टोकियोको प्रमुख क्षेत्रतर्फ गइरहेको रेल मार्गमा राखिदिएका थिए ।

यो समूहका प्रमुख सोको असहराले आफूहरूको अनुयायी बाहेक पृथ्वीमा रहेको सबैकुरा विश्वयुद्व मार्फत समाप्त हु“दैछ भन्ने हल्ला चलाउने गरेको थियो । सोकाले आफूलाई बुद्धत्व प्राप्त भएको दाबी गर्र्द आएका थिए । यो समूहको विश्वभर हजारौं अनुयायी छन् । यो समूहले सन् १९८९ मा जापानका धार्मिक संगठनको मान्यता पनि पाएको थियो ।

सन् १९९५ को आक्रमणपछि उक्त सम्प्रदाय भूमिगत भएको थियो । घटनापछि उक्त समूहले आफूलाई एलेफो र हिकारी नोवा भन्दै गतिविधि संचालन गर्दैै आएको थियो । एलेफो र हिकारी नोवा दुवै समूह जापानमा वैध छन् तर उनीहरूलाई ‘खतरनाक धर्म’ भन्दै निगरानीमा राखिएको छ । 

Comments