• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
अन्तर्राष्ट्रिय
थाइल्याण्डमा उद्धार कार्यमा खटेका एक गोताखोरको मृत्यु
प्रकाशित मिति: शुक्रबार, आषाढ २२, २०७५

एजेन्सी । थाइल्याण्डको एउटा गुफामा फसेका १२ बालक र उनीहरुका फुटबल प्रशिक्षकको उद्धारमा खटेका एक गोताखोरको मृत्यु भएको छ । अधिकारीहरुका अनुसार ती बालक र उनका प्रशिक्षकलाई गुफाभित्र अत्यावश्यक सामान पुर्याएर फर्कदैगर्दा बेहोस भएका ३८ वर्षीय समन कुननको मृत्यु भएको हो ।

थाइल्याण्डको नौसेनामा काम गरिहँदा जागिर छोडेका उनी गुफाभित्र फसेका बालकको उद्धारका लागि खटिएका थिए । सरकारी अधिकारीहरुका अनुसार उनी स्वेच्छाले उद्धार अभियानमा सामेल भएका थिए ।

उत्तरी थाइल्याण्डमा रहेको एक गुफाभित्र १२ दिनदेखि १२ बालक र उनीहरुका फुटबल प्रशिक्षक थुनिएका छन् । गुफाभित्र बाढीको पानी पसेपछि उनीहरु निस्कन सकेका छैनन् । उनीहरुलाई बाहिर निकाल्नका लागि उद्धार टोली खटिरहेको छ ।

Comments