• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
मोफसल समाचार
पिकअप भ्यान दुर्घटनामा परी ५ भारतीय नागरिकको मृत्यु
प्रकाशित मिति: मंगलबार, आषाढ १९, २०७५

सुनसरी, १९ असार । सुनसरीको कोशी गाउपालिका स्थित कोशी कटान क्षेत्रमा भएको पिकअप भ्यान दुर्घटनामा परी मृत्यु भएका मध्ये ५ जनाकोे सनाखत भएको छ ।  मृत्यु हुनेमा भारत बिहार राज्यको सुपौल जिल्ला, लक्ष्मनिया गाउँका ६० वर्षीया ललितादेवी राम, ३६ वर्षीय सुरेन्द्र राम, ३० वर्षीय धीरेन्द्र कुमार, सात वर्षीया गुनु कुमार, ४१ वर्षीय सञ्जिव कुमार र ४० वर्षीया एक जना महिला रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरीक्षक राजन अधिकारीले जानकारी दिनु भयो ।

मृतक मध्ये तीन जनाको शव जिल्ला अस्पताल इनरुवा र बा“की तीन जनाको शव विराटनग स्थित सञ्जिवनी अस्पतालमा राखिएको छ । दुर्घटनामा भारत सुपौलका १० वर्षीय अदित कुमार, ३५ वर्षीय ललन कुमार र ३० वर्षीया कञ्चन कुमारी घाइते भएका छन् ।

कञ्चनकुमारीको अवस्था चिन्ताजनक रहेको प्रहरी उपरीक्षक अधिकारीले जानकारी दिनु भयो । घाइतेहरुको सञ्जिवनी अस्पतालमा उपचार भइरहेको छ । चालक भारत बिहार बरमपुरका २६ वर्षीय सुशील कामतलाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको बताइएको छ । 

Comments