• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
राष्ट्रिय
झापा तथा मोरङका दर्जन बढी गाउहरु बाढीको उच्च जोखिममा
प्रकाशित मिति: सोमबार, आषाढ १८, २०७५

१८ असार । झापा र मोरङका दर्जन बढी गाउहरु बाढीको उच्च जोखिममा रहेका छन् । झापाको कन्काई, रतुवा, बिरिङ, मावा, कमल तथा मोरङ्गका  बक्राहा, लोहन्द्रा, चिसाङ, सिंगिया,लगायत खोला आसपास क्षेत्रका  दर्जनौ गाउ बस्ती बाढिको उच्च जोखिममा रहेका हुन । केही दिनयताको वर्षाका कारण दर्जनभन्दा बढी गाउ बाढिको पानी पसेर जलमग्न बनेका छन् । रेडक्रस सोसाइटीको अध्ययन अनुसार सम्भावित उच्च जोखिमका क्षेत्रहरुमा तत्काल सचेतनामूलक कार्यक्रम गर्नुका साथै सतर्कता र उद्धारको पूर्व तयारी आवश्यक देखिएको छ ।

बक्राहा खोलामा आएको बाढीका कारण आसपासका मधुमल्ला, गोविन्दपुर, इटहरा, बरडंगा, हसन्दह लगायत गाउबस्ती जलमग्न हुन थालेका छन् । यसैगरी रतुवा खोलाका कारण सिजुवा, महादेवालगायत गाउँ प्रभावित बनेका छन् । गत वर्षको बाढीमा ती गाउका हजारौं बासिन्दा डुबानमा परेका थिए । झापा र मोरङमा दर्जनभन्दा बढीको डुबेर मृत्यु भएको थियो । सप्तकोशी नदिमा पानीको बहाव बढेसंगै सुनसरीको पश्चिमी क्षेत्रका गाँउ वस्तिहरु जोखिमा परेका छन ।

पहाडी भेगमा अधिक बर्षा भएपछि सप्तकोशीले चतरा क्षेत्रमा निर्माण गरिएका स्परहरुमा कटान शुरुगरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पानीले खतराको संकेत नाघेपछि स्थानीयलाई सचेत रहन स्थानीय प्रशासनले आग्रह गरेको छ । यसैविच कर्णाली  बबई र पश्चिम राप्तीमा बाढीको जोखिम बढेको छ । बाढीसँगै त्यस क्षेत्रमा पहिरोको समेत खतरा बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

 कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ । खतराको संकेत थपिँदै गएको र त्यही अनुसार सूचना प्रवाह गरिरहेको विभागले जानकारी दिएको छ ।  कर्णालीमा बाढी आएपछि चिसापानी आसपासका नागरिकलाई सचेत रहन विभागले आग्रह गरेको छ ।  

बबई नदीमा बाढी आए बर्दिया, सुर्खेत, जाजरकोटका केही भाग डुबानमा पर्ने सम्भावना हुन्छ । यस्तै पश्चिम राप्तीको बाढीले बाँके, दाङमा जोखिम बढेछ । यसअघि पनि यी दुई नदीमा आएको बाढीले क्षति पुर्याउने गरेको थियो ।

Comments