काठमाडौ,१७ असार । नेपाल कम्युनिष्ट पार्टीका नेता योगेश भट्टराईले पार्टी एकतालाई अब जनस्तरमा पुर्याउने बताउनु भएको छ । हाल सवै प्रदेशमा गरि ७ ओटा कार्यदल र बाँकि जनसंगठन लगायतको एकतामा २२ कार्यदलले काम गरि रहेको भन्दै एकताको प्रारुप तयार पार्ने काम भई रहेको उहाको भनाई छ ।
हिमशिखर टेलिभिजनसँगको कुराकानीमा उहाले सवै कार्यदलमा तत्कालिन दुवै पार्टीका प्रतिनिधीहरु सहभागी भएको र त्यसैको प्रतिवेदनका आधारमा एकता प्रकृयालाई गति दिईने बताउनु भएको छ । नेता भट्टराईसंगको कुराकानी आज राती साढे ८ बजे हिमशिखर टेलिभिजनको कार्यक्रम वार्तालापमा प्रशारण हुने छ ।


