• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
राष्ट्रिय
कपिलबस्तुमा २२ किलो चरेससहित ३ जना पक्राउ
प्रकाशित मिति: आइतबार, आषाढ १७, २०७५

कपिलबस्तु, १७ असार ।  कपिलबस्तुको चन्द्रौटाको एक होटलबाट शनिबार राती २२ किलो चरेससहित ३ जना पक्राउ परेका छन् । प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले शनिवार राति ११ बजे होटलबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा शिवराज नगरपालिका १ बस्ने बर्ष ३९ का राजबहादुर रोका मगर, दाङ तुल्सीपुर उपमहानगरपालिका ६ बस्ने ३७ बर्षीय आशिष खड्का तथा सोही ठाउँ बस्ने ३८ बर्षीय किरण प्रकाश बम रहेका छन ।

नियन्त्रणमा लिएका तिनै जनालाई ईलाका प्रहरी कार्यालय चन्द्रौटाको जिम्मा लगाइएको प्रहरी जनाएको छ । खोजतलासका क्रममा २२ किलो तौल रहेको ४४ थान कालोबस्तु र अशिष थापाको नाममा रहेको १ सय ५० सीसीको एक थान मोटरसाईकल समेत बरामद गरिएको प्रहरीले जनाएको छ ।

Comments