काठमाडौ,१७ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले भदौ दोस्रो साताभित्र सवै प्रदेशमा वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतीको व्यवस्था गरिने बताउनु भएको छ । श्रम स्वीकृतीको केन्द्रिकृत व्यवस्थाले रोजगारीमा जाने युवाहरुले सास्ती खेप्नुपरेको भन्दै मन्त्री विष्टले आगामी भदौभित्रै प्रदेशगत व्यवस्था मिलाईने जानकारी दिनुभयो । मन्त्री विष्टले भन्नुभयो, नयाँआर्थिक वर्ष शुरु भएको डेढ महिनाभित्र सातै प्रदेशमा श्रम स्वीकृतीको व्यवस्था मिलाईनेछ ।
यसका लागि कार्यलय भवन र जनशक्ति व्यवस्थापनको काम भईरहेको छ । मुलुक संघीयतामा गएपनि वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्विकृतीको व्यवस्था केन्द्रबाटै हुने गरको भन्दै आलोचना भएको थियो भने श्रमिकले समेत दुख पाएका थिए । मन्त्री विष्टले फ्रि भिसा फ्रि टिकतको व्यवस्थालाई सहज बनाउने विषयमा पनि गृहकार्य भईरहेको बताउनु भयो ।
फ्रि भिसा र टिकटको नाममा वैदेशिक रोजगारीमा जाने युवा झनै ठगिने अवस्था आएपछि यसलाई व्यवविस्थत बनाउन नयाँ रणनीति बनाउन लागिएको उहाले बताउनुभयो ।
श्रमिक र व्यवासायीवीच सिधै सम्पर्क हुने गरि बीचमा एजेण्ड आउने बाताबारणको अन्त्य गरिने मन्त्री विष्टको भनाई छ ।


