• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • अविरल वर्षाका कारण आएको पहिरोले पर्वत जिल्लामा ४ घर पुरिए
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा अमेरिकी राष्ट्रपति निर्वाचनमा रुसी हस्तक्षेपबारे एक दिनअघि आफैले दिएको अभिव्यक्ति फेरबदल
  • इलाम जिल्लामा रहेका अधिकांश सरकारी कार्यालयहरु यहि साउन १ गतेबाट खारेज
  • अनशनरत डाक्टर केसीको जीवन रक्षाको लागि सरकार जिम्मेवार र गम्भिर रहेको : नेकपा नेता अधिकारी
  • रेजिडेन्टस एसोसियसन अफ न्याम्स (आरएएन)द्वारा अनसनरत डाक्टर गोविन्द केसीको मागमा समर्थन जनाउदै काठमार्डौंमा प्रर्दशन
स्वास्थ्य
अनसनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै
प्रकाशित मिति: आइतबार, आषाढ १७, २०७५

१७ असार । अनसनमा रहेका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको छ । जिल्ला खेलकुद विकास समितिको खुला कवडहलमा अनसनमा रहेका डाक्टर केसी कम बोल्ने हुुनुभएको हो । डाक्टर केसीको मासु फर्किने, ढाड दुख्ने, रिंगटा लाग्ने समस्या सुरु भएको उपचारमा खटिएका डाक्टरहरुले बताएका छन् । डाक्टर केसीको रक्तचाप, नाडि र स्वासप्रश्वास भने ठीक भएको तर अनसनको अवस्थामा कतिबेला के हुन्छ, भन्न नसकिने डाक्टर धिरज गुरुङले बताउनुभयो ।

अनसन स्थलपनि स्वास्थ्यको दृष्टिकोणले ठीक  नभएको चिकित्सकहरुले बताएका छन् । अनसनस्थल सिमेन्टको कोठा, बत्तिविहीन तथा आवश्यक उपचारका पूर्वाधारहरु नभएकाले समस्या हुने चिकित्सकहरुले बताएका छन् । स्वास्थ्य क्षेत्रका विभिन्न मागसहित आफ्नो १५ औँ अनसन कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला रोजेका डाक्टर केसी असार १५ गते जुम्ला आउने वित्तिकै स्थानीय प्रशासनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला, जिल्ला प्रशासन र जिल्ला प्रहरी कार्यालयलाई अनसन निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रतिष्ठानमा अनसन रोक लगाएपछि जिल्ला प्रशासन कार्यालय अगाडि पुगेका केसीलाई प्रहरीले पक्राउ गरेको थियो । प्रहरीले पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयमा पुर्याएका केसीले प्रहरी कार्यालयबाटै अनसनको घोषणा गरेपछि प्रहरीले तत्काल रिहा गरी जिल्ला खेलकुद विकास समितिको हलमा पुर्याएको थियो ।

कवर्डहल भित्रै उहाँले शनिबार औपचारिक रुपमा अनसन सुरु गर्नुभएको छ । अस्पतालमा रोक लगाइएपछि कवर्डहलमा उहाँका अवस्था खराब हुने भएकाले अनसनस्थल अस्पताल नै हुनुपर्ने स्थानीयहरुको पनि माग छ ।  

केसीको उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर प्रविण गिरी, डाक्टर धिरज गुरुङ, डाक्टर सिद्धार्थ खत्रीसहितको चिकित्सको टोली उपचारमा खटिएको छ । 

Comments