• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
राष्ट्रिय
बस पल्टँदा एकको मृत्यु
प्रकाशित मिति: आइतबार, आषाढ १७, २०७५

चितवन, १७ असार । पूर्व पश्चिम लोकमार्गको खैरहनी नगरपालिका–१ मा आज बिहान गुडिरहेको बस अनियन्त्रित भई पल्टँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा १८ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार भैरहवाबाट भरतपुर हुँदै वीरगञ्जतर्फ जाँदै गरेको ना ७ ख ५११८ नम्बरको बस बिहान ६ः४५ बजे सडक छेउमा पल्टिएको हो ।

बस पल्टिँदा मृत्यु हुनेमा चितवनको राप्ति नगरपालिका–५ बस्ने वर्ष १४ का सुनिल मिजार रहेको प्रहरीले जनाएको छ । मिजारको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको हो ।

दुर्घटनापछि घाइतेमध्ये १४ जनाको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । अन्य चार जनाको एलाईभ अस्पताल भरतपुरमा उपचार भइरहेको छ । 

Comments