• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • गरिवी निवारणका लागि उदयपुरमा सञ्चालित कार्यक्रम अपारदर्शी, खरीद गरिएका सामाग्री गुणस्तरहिन, उद्यमी बने आक्रोशित
  • १२ वर्षको प्रयास पछि बुटवलको पशुबधशाला सञ्चालन हुँदै, जनप्रतिनिधीको प्रयास सार्थक
  • आफूविरुद्ध महाभियोग प्रस्ताव नल्याउन अमेरिकी राष्ट्रपति ट्रम्पको आग्रह, महाभियोग लगाए देशकै अर्थतन्त्रमा धक्का पुग्ने चेतावनी
  • धरान उपमहानगरपालिकाले अवैज्ञानिक रुपमा कर बृद्धि गरेको प्रति कांग्रेस आन्दोलित
  • केहीदिनदेखि तनावग्रस्त बनेको कञ्चनपुरको अवस्था सुधारउन्मुख, बजार तथा यातायात आंसिकरुमा खुल्याे
राष्ट्रिय
सरकारले गर्ने गलत प्रवृत्ति विरुद्ध कांग्रेस एक जुट भएर लाग्ने : काँग्रेस उपसभापति निधि
प्रकाशित मिति: शुक्रबार, आषाढ १५, २०७५

काठमाडौ, १५ असार । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले सरकारले गर्ने गलत प्रवृत्ति विरुद्ध कांग्रेस एक जुट भएर लाग्ने बेला आएको बताउनु भएको छ । पार्टी कार्यालय सानेपामा उपसभापति नियुक्त भएको दुई महिनापछि आज पदभार ग्रहण गर्दै उपसभापति निधीले सरकार सर्वसत्ताबाद तर्फ अग्रसर भएकाले यसको भण्डाफोर गर्नुपर्ने बेला आएको समेत बताउनु भयो ।

सरकारले काँग्रेसको औचित्य छैन भनेर प्रचार गर्दै हिंडेको भन्दै निधिले केपी शर्मा ओली नेतृत्वको सरकार तानाशाही शासन शैलीमा अगाडि बढेको आरोप लगाउनु भयो । उपसभापति निधिले सरकार सबै क्षेत्रमा अघोषित सेन्सरसीप लगाएर अधिनायकवाद लाद्न उद्यत भएको बताउनु भयो ।

त्यस्तै उपसभापति निधिले काँग्रेसमा अब चुनावी हारबारे समीक्षा गरेर आरोप प्रत्यारोप गरिरहनु नपर्ने समेत बताउनुभयो । उहाले नेतृत्व परिवर्तनको विषय पार्टीभित्र कम हुँदै गएको बताउँदै अब आगामी महाधिवेशनको तयारीमा सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।

धान दिवसको अवसर पारेर ज्योतिषीको सल्लाहअनुसार निधीले आज ७ बजेर ५५ बजेको साइतमा पार्टी मुख्यालय सानेपामा पदभार ग्रहण गर्नुभएको हो ।

Comments