• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धनकुटामा बडा अध्यक्षले तिरिदिए विद्यालयको ऋण
  • सौठामा अस्पताल भवन शिलन्यास
  • दूधमा चितवन आत्मनिर्भर जिल्ला बन्दै
  • कानूनी राय लिन सभामुख महराको सुझाब
  • सिजुवाबजार बाट कादुपाडा जोडने सडक कालोपत्रे हुने
स्वास्थ्य
बिस्व रक्तदाता दिवसको नेपाल रेडक्रस सोसाईटि उपशाखा दमकद्वारा र्यालीको आयोजना
प्रकाशित मिति: बिहीबार, जेठ ३१, २०७५

दमक,३१ जेष्ठ । आज १५ औ बिस्व रक्तदाता दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाईदै छ । सोही  अवसरमा नेपाल रेडक्रस सोसाईटि उपशाखा दमकले र्यालीको आयोजना गरेको छ ।  दमकका बिभिन्न सघं सस्था, बिद्यालय क्याम्पसका बिद्यार्थी सहितको सहभागीतामा र्याली सम्पन्न गरिएको हो ।

दमक चोकबाट सुरु गरिएको र्याली इलाका प्रहरी कार्यालयको बाटो हुँदै पशुहाटबाट बाट रेडक्रसको भवनमा गएर समापन गरिएको थियो । समापन पछि बोल्दै नेपाल रेडक्रस सोसाइटि झापा शाखाका सभापति लोकराज ढकालले मानविय सभ्यताको महत्वपूर्ण काम रक्तदान भएकोले सबै रक्तदान महत्वपूर्ण रहेको बताउनु भयो । कार्यक्रममा सय भन्दा बढिको सहभागीता रहेको थियो । 

Comments