• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
राष्ट्रिय
ससुराले गरे आफ्नै ज्वाइँको हत्या
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

सप्तरी, ३० जेष्ठ । सप्तरीको राजविराज नगरपालिका–९ मलेठमा गए राति आफ्नै ससुराले ज्वाइँको हत्या गरेका छन् । ४५ वर्षीय ससुरा रामदयाल साह र उनका परिवारको कुटपिटबाट हनुमाननगर नगरपालिका स्थित गिदखोरा निवासी हाल राजविराज–५ मा बस्दै आएका २६ वर्षीय ज्वाई दिपेन्द्र मण्डलको मृत्यु भएको हो । 

दुई वर्षअघि प्रेम विवाह गरेका मण्डललाई उनकै कान्छी श्रीमति २२ वर्षीया अन्जना साहले छोरीको जन्मदिनको वहानामा बोलाई हत्या गरेको आफ्न्तको भनाई छ । मण्डल पहिलेदेखि नै विवाहित रहेको र जेठी श्रीमति २४ वर्षीया रेश्मी मण्डलसँग बस्ने गरेकोले अन्जनाको परिवारले योजनावद्ध ढंगले भाईको हत्या गरेको परिवारजनको आरोप छ ।

मण्डललाई हत्या गरी घरभन्दा करिब १ किलोमिटर पर फालिएको अवस्थामा स्थानियले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा पुगेको प्रहरीले शव पोष्टमार्टमका लागि राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा ल्याएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको सप्तरीका एसपी मुकेशकुमार सिंहले बताउनु भयो । यसैबीच, घटनामा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । ससुरा रामदयाल साह, उनका २५ वर्षीय छोरा जयप्रकाश साह र छोरी अन्जना साहलाई प्रहरीले पक्राउ लिएको छ।

Comments