• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • नौमती बाजा हराउ“दै गएपछि धनकुटाका महिला बाजा संरक्षणमा सक्रिय
  • झापामा आजदेखि बिहान र बेलुका ट्रिपर सञ्चालनमा रोक, दुर्घटना न्युनिकरण गर्ने उदेश्य
  • झापा इलाम जोड्ने फाष्टट्रर्याक राजदुवाली–बूढीसुखानी–शनिश्चिरे सडक कालोपत्रे हुने
  • ३ लाख पुरस्कार राशिकाे हिमशिखर डान्स आइडल सिजन २ हुने
  • ““मेरो शान मेरो स्वाभिमान, राष्ट्रिय झण्डा मेरो स्वाभिमान’’ नारासहित आज राष्ट्रिय झण्डा दिवस मनाइयो
अन्तर्राष्ट्रिय
ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन विच चार बुँदे सम्झौतामा हस्ताक्षर
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका सर्वाेच्च नेता किम जोङ उन विच ऐतिहासिक शिखरवार्ता सम्पन्न भएको छ । वार्ता पछि दुवै नेताले चार बुँदे बृहत सम्झौता–पत्रमा हस्ताक्षर गरेका छन् । मंगलबार सिंगापुरमा भएको वार्तापछि कोरियन प्रायद्वीपलाई आणविक हतियार मुक्त क्षेत्र बनाउनुका साथै अमेरिका र कोरियाबीच नयाँ सम्बन्ध स्थापित गर्न दुई नेताले ४ बुदे सम्झौता–पत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता पत्रमा अमेरिका र उत्तर कोरियाले दुवै देशका जनताहरुको आकांक्षा अनुसार दुई देशको शान्ति तथा समृद्धीका लागि नयाँ आपसी सम्बन्ध विस्तार गर्ने, अमेरिका र उत्तर कोरियाले कोरियन प्रायद्वीपमा दिगो शान्ति स्थापनाका लागि संयुक्त प्रयास गर्ने,  २०१८, अप्रिल २७ मा जारी भएको पानमुनजोम घोषणापत्र अनुसार उत्तर कोरिया कोरियन प्रायद्वीपको पूर्ण आणविक निःशस्त्रीकरणको प्रकृयामा अगाडि बढ्ने र अमेरिक र उत्तर कोरियाले युद्धका बेला बनाइएका बन्दीहरुलाई दुवै देशले क्रमशः रिहा गर्ने।

पहिचान भइसकेका बन्दीहरुलाई भने तुरुन्तै रिहा गरिने उल्लेख छ । ‘वान टु वान’ वार्ता अघि दुवै नेताले हात मिलाउँदै तस्वीर खिचाएका थिए । लगत्तै दुवैजना हँसिलो मुद्रामा बैठक कक्षमा प्रवेश गरेका थिए ।

बैठकबाट बाहिरिँदा अमेरिकी राष्ट्रपति ट्रम्प निकै उत्साहित देखिएका छन् । उनले किमसँगको छलफल निकै राम्रो रहेको बताए ।

Comments