• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
अन्तर्राष्ट्रिय
बाढी र पहिरोमा परेर बंगलादेशमा १४ जनाको मृत्यु
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

एजेन्सी । बंगलादेशमा भारी वर्षापछि आएको बाढी र पहिरोमा परेर १४ जनाको मृत्यु भएको छ । २० जना हराइरहेका छन् । मुसलधारे बर्षासँगै आएको बाढी र पहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । बाढी र पहिरोमा परेर मर्नेहरु रोहिंग्या शरणार्थी रहेको बंगलादेशका अधिकारीहरुले जनाएका छन् । बंगलादेशको दक्षिण पश्चिमी क्षेत्रमा रहेको कोक्स बजार वर्षाले नराम्ररी प्रभावित भएको छ । त्यहाँका अधिकांश शरणार्थी शिविरलाई बाढीले बगाइदिएको छ । राजधानी ढाकाबाट २ सय ९२ किलोमिटर टाढा रहेको यो इलाकामा म्यानमारको रखाइन राज्यबाट विस्थापित १० लाख रोहिंग्या शरणार्थीको बसोबास छ । बाढी प्रभावितलाई सुरक्षित स्थानतर्फ सारिएको छ । बेपत्ताहरुको खोजी गर्न सयौं उद्दारकर्मी परिचालन गरिएको छ ।

Comments