• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
राष्ट्रिय
गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई प्रदेश २ कै नमूना अस्पताल बनाइने
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

सप्तरी,२९ जेष्ठ । सप्तरीको राजविराज स्थित गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताललाई प्रदेश २ कै नमूना अस्पताल बनाउने उदेश्यले छलफल शुरु गरिएको छ । अस्पताललाई व्यवस्थित र सुविधा सम्पन्न बनाउन संघीय समाजवादी फोरम नेपालका नेताहरु पनि छलफलमा जुटेका छन् । अस्पतालमा रहेका समस्याको विस्तृत अध्ययन गरि फोरम नेपाल सप्तरीले मङ्गलवार अस्पतालमा छलफलको आयोजना गरि सरोकारवालासँग जानकारी लिएको छ ।

अस्पतालमा लामो समयदेखि सिभिल सर्जन, प्याथोलोजिष्ट, एनेस्थेसिष्ट, छाला रोग विशेषज्ञ, इएनटी सर्जन, बालरोग विशेषज्ञ लगायतको पद रिक्त रहेको छलफलमा अस्पताल पक्षले जानकारी गराएको थियो । मेसु डा.दासले १२ जना मेडिकल अफिसर तत्काल आवश्यक रहेकोमा ६ जनाको मात्र दरबन्दी रहेको र  १८ जना स्टाफ नर्सको दरबन्दीमा पनि १० मात्र कार्यरत रहेको बताउनु भयो ।

छलफलमा डा. दासले पुराना भवनमा अस्पताल सञ्चालन गर्न समस्या भईरहेकोले अस्पताल भवन र स्टाफ क्वाटर समेतको निर्माणगर्न आवश्यक रहेको बताउनु भयो । छलफलका सहभागीहरुले अस्पतालाई स्तरोन्नत्ति गरी ३ सय शैय्याको बनाउनु पर्नेमा जोड दिएका थिए । फोरमका जिल्ला अध्यक्ष दिनेश कुमार यादवले अस्पतालमा देखिएका समस्याहरु समाधानगर्दै प्रदेश २ कै राम्रो अस्पताल बनाउनमा पहलशुरु गर्ने बताउनु भयो । 

देशकै पुरानामध्यको यस अस्पतालमा हाल ५० शैय्याको क्षमता रहेपनि विभिन्न समस्या र चुनौतीका कारण उपचार सेवा समेत प्रभावित हुदै आएको छ । 

Comments