• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
मोफसल समाचार
ताप्लेजुङमा २३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

ताप्लेजुङ,३० जेष्ठ । यस वर्ष ताप्लेजुङमा २३ हेक्टर वनमा लौठ सल्लाको विरुवा रोपिने भएको छ । जिल्ला वन कार्यलय अन्र्तगतको जडिवुटि विकास कार्यक्रम मार्फत जिल्लाका २१ किसानको निजी वनमा लौठ सल्ला रोप्न लागिएको हो ।

जडिवुटि विकास कार्यक्रम अन्र्तगत विनियोजित १२ लाख ३५ हजार रकमवाट लौठ सल्लाको विरुवा खरिद गरि विरुवा वितरण तथा प्राविधिक सहयोग उपलव्ध गराउने जिल्ला वन अधिकृत विष्णुलाल घिमिरेले जानकारी दिनुभयो ।  घिमिरेका अनुसार प्रति हेक्टर ६ सय ५६ विरुवा रोपिने छ । 

यता जिल्लामा नै लौठ सल्लाको विरुवा उत्पादन सुरु गरेपनि रोप्न योग्य नभएकाले यस पटक भने जिल्ला वाहिरवाट विरुवा खरिद गर्ने तयारी भैरहेको घिमिरेको भनाई छ । छनौट भएका कृषकहरु सँग सम्झौताको काम भैरहेको वताईएको छ ।

सम्झौता पछि पहिलो चरणमा ६० प्रतिशत तथा काम सम्पन्न भैसकेपछि वाँकी ४० प्रतिशत रकम भुक्तानी गरिने जिल्ला वन अधिकृत घिमिरेले जानकारी दिनुभयो ।

Comments