• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

काठमाडौ,३० जेष्ठ । बरिष्ठ कलाकार भिमबहादुर थापाको निधन भएको छ । गएराती आफ्नै निवास काठमाडौं मैतीदेवीमा उहाँको निधन भएको हो । ९३ वर्षका थापा लामो समयदेखि छाती, फोक्सोलगायत समस्याबाट पीडित हुनुहुन्थ्योे ।

उहाँले थुप्रै चलचित्र, टेलिचलचित्र र रेडियो नाटकमा अभिनय गर्नुभएको थियो । हाँस्य टेलिचलचित्र तीतो सत्यमा काम गरेपछि उहाँ अझ चर्चित बन्नुभएको थियो ।  उहाँले २ वर्ष बृटिश सेनामा काम गरेर दोस्रो विश्वयुद्ध पनि लड्नुभयो ।

पछि उहाँ नेपाली सेनामा कार्यरत हुनुहुन्थ्यो । उहाँको जन्मघर खोटाङको लामिडाँडा हो । वहाँको आजै पशुपतिमा अन्त्येष्टि गरिंदैछ । अन्त्येष्टिअघि पशुपतिमै श्रद्धाञ्जली गरिने कलाकार दीपाश्री निरौलाले जानकारी दिनुभयो ।

Comments