• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
राष्ट्रिय
समयमा काम नसक्ने ठेकेदारलाई कारबाही हुने : नेकपा अध्यक्ष प्रचण्ड
प्रकाशित मिति: बुधबार, जेठ ३०, २०७५

चितवन,३० जेष्ठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले समयमा काम नसक्ने ठेकेदारलाई कारबाही हुने बताउनुभएको छ । प्रेस चौतारी नेपाल र प्रेस सेन्टर नेपाल चितवन शाखाले आज भरतपुरमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष दाहालले गलत काम गरेको भए आफ्नो घरबेटी पनि कारबाहीको भागीदार बन्ने बताउनुभयो ।

ठेकेदारले गुणस्तरीय काम नगरि लापरबाही गर्छ भने त्यसलाई सरकारले कडाइका साथ कारबाही गर्ने र राम्रो गर्नेलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । राष्ट्रिय एकता कायम गर्न, विकास, संमृद्धीको नयाँ संकल्पका लागि वृहत राष्ट्रिय एकता निर्माण गरिरहेको दाहालले बताउनुभयो ।

राजपालाई पनि सरकारमा ल्याउने बिषयमा छलफल भैरहेको जानकारी दिँदै दाहालले सरकारमा आउन चाहेको खण्डमा नेपाली काँग्रेस बाहेकका सबै दललाई सरकारमा ल्याउन सकिने बताउनुभयो। 

Comments