• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियान सकारात्मक : मन्त्री विश्वकर्मा
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

काठमाडौ,२९ जेष्ठ । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले खेलकुदमा महिला सहभागिता वृद्धि गर्ने अभियान सकारात्मक भएको बताउनु भएको छ । राष्ट्रिय खेलकुद परिषद्ले मंगलबार ललितपुरमा आयोजना गरेको राष्ट्रपति खेलकुद महिला सहभागीता अभिवृद्धि बिषयक अन्तक्र्रिया कार्यक्रममा उहाले यस्तो बताउनुभएको हो । खेल क्षेत्रको बिकास र समृद्धिका लागी सरकार प्रतिवद्ध रहेको समेत उहाले बताउनुभयो ।

उहाले खेलकुदमा धेरै महिलाहरुले नेपाललाई पदक दिलाएको स्मरण गर्दे खेल क्षेत्रमा धेरै भन्दा धेरै महिलालाई सहभागीता गराउनु अपरिहार्य भएको तर्क गर्नुभयो । कार्यक्रममा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले खेलकुदमा महिलाहरुको बढिभन्दा बढि सहभागिता बढाउन सबै जिल्लामा अभियाननै संचालन गर्न लागिएको बताउनुभयो ।

अभियानका लागि आवश्यक बजेटको व्यवस्था सरकारले राष्ट्रपति खेलकुद महिला विकास कार्यक्रममार्फत् गरेको उहाले बताउनुभयो । सदस्य सचिव विष्टले नेपालको पहिचानलाई विश्वमा उचाईमा पुर्याउन पनि नेपाली महिला खेलाडीहरुको सहभागितामा वृद्धि गर्ने सोच बनाइएको जानकारी दिनुभयो ।

Comments