• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
पर्यटकीय स्थल कोशी ब्यारेज स्थित गोलघरको अवस्था जीर्ण बन्दै
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

सप्तरी,२९ जेष्ठ । पर्यटकका लागि निकै आकर्षणको केन्द्रका रुपमा रहेको सप्तरीको कोशी ब्यारेज स्थित गोलघरको अवस्था जीर्ण बन्दै गएको छ । सन् १९५४ मा नेपाल र भारतबीच भएको कोशी सम्झौतामा कोशी बाँधसँग जोगिएको भौतिक संरचनाको संरक्षण तथा मर्मतको सवै जिम्मा भारत पक्षले लिएको छ । तर, संरक्षण तथा मर्मतमा भारत पक्षले ध्यान नदिदाँ गोलघरको अवस्था जीर्ण बन्दै आएको हो । 

हनुमाननगर कंकालिनी नगरपालिका १ भारदहको गोलघरमा पहिला अध्ययन भ्रमणका क्रममा नेपाल–भारतका स्कूल, कलेजका विद्यार्थी तथा धार्मिक आस्था बोकेका पर्यटक समेत आउने गरेका थिए । तर, अहिले गोलघर जतिबेला पनि भत्किने अवस्थामा पुगेपछि पर्यटकको संख्यामा कमी आएको स्थानियहरुको भनाई छ । नेपालमै चर्चित रहेको कंकालनी भगवती मन्दिरसँगै जोडिएको सो गोलघर मर्मततर्फ भारत पक्षले ध्यान नदिएको प्रति स्थानियहरु आक्रोश समेत व्यक्त गरेका छन ।

साथै कोशी बाँधसहितका सडक तथा भौतिक संरचनाहरु जिर्ण बन्दै गएकोले कोशी सम्झौता कार्यान्वय गराउन पहल गर्न उनीहरुले नेपाल सरकारसँग आग्रह समेत गरेका छन । सन् १९६२ तिर निर्माण भएको कोशी ब्यारेजको निर्माण अघि नै सन् १९५४ मा नेपालका तत्कालिन राष्ट्र प्रमुख राजा महेन्द्र र भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरुको उपस्थितिमा सम्झौतामा हस्ताक्षर भएको थियो ।

Comments