• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
मोफसल समाचार
निरन्तरको वर्षाले दमक डुबानमा (भिडियो सहित)
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

दमक,२९ जेष्ठ । वर्षा शुरुभए संगै दमक बजार डुवानमा पर्न थालेको छ । अव्यवस्थित बसोवास तथा पानीको निकाश राम्रो नहुदा प्रत्येक वर्ष बर्षादका समयमा दमक डुवान पर्ने गरेको हो । दमक ६ स्थित देवकोटा चोकमा निर्माणाधिन कल्भर्टको काम सम्पन्न नहुदा यस क्षेत्रका व्यवसायीहरु समस्यामा पर्नथालेका छन ।

देवकोटा चोक आसपासक पसलहरुमा पानी पसेर लाखौको क्षती भएको व्यवसायीहरुले गुनासो गरेका छन ।सडकमानै थुपारिएका निर्माण सामाग्रीहरुको उचित व्यवस्थापन नुहदा वर्षाको पानी पसल भित्र पसेको व्यावसायीले गुनासो गरेका छन ।

व्यावस्थित रुपमा सडकमा थुपारिएका निर्माण सामाग्रीहरुलाई व्यवस्थित गरिने वडा नम्बर ६ का वडा सदस्य कमल श्रेष्ठले बताउनु भयो । नगरमा चलिरहेका बबिभिन्न बिकास निर्माणका कामहरु अवव्यवस्थित ढंगले निर्माण भैरहँदा नगरबासिले त्यसको सास्ती भोगी रहेका छन् । 

Comments