• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
मोफसल समाचार
ताप्लेजुङ सदरमुकाम फुङलिङ बजारको सडक भासिन थाल्यो
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

ताप्लेजुङ,२९ जेष्ठ । ताप्लेजुङ सदरमुकाम फुङलिङ बजार भित्रको सडक भासिन थालेको छ । फुङलिङको तोक्मे डाँडामा भन्ने स्थानमा सोमवार दिउँसो एक्कासी भासिएर भ्वाङ परेको स्थानीयले बताएका छन् । सर्वसाधरण मानिस हिँडिरहेको समयमा एक्कासी भासिएर भ्वाङ परेको हो ।

बाटो निर्माण गर्दा निर्माण पक्षले हेलचेक्राई गरेका कारण यसरी ठाउँठाउँमा भासिने गरेको सदरमुकामबासीको गुनासो छ । यस अघि पनि सदरमुकाम क्षेत्रमा पक्कि गरिएको छोटो समयमा नै कतै भासिएको र कतै भत्किएको पाईएको स्थानीयले बताएका छन् । पक्कि गर्ने क्रममा राम्रो सित रोडर नलगाईएको साथै गिटि, बालुवा र सिमेन्टको मात्रा समेत पुरा नगरेकाले सदरमुकाम भित्रको पक्कि सडक वर्षेनी कच्चिमा परिणत हुने गरेको छ ।

 एक वर्ष अघि पक्कि गरेको एक महिना नपुग्दै साक्य मेडिकल आसपासमा भत्किएको थियो । यता पुरानो वैंक लाईन क्षेत्रमा समेत वर्षेनी भत्किने र हिलाम्मे हुने गरेको छ । सदरमुकाम भित्रकै सडक पक्कि भएको वर्ष दिन नपुग्दै भत्किएर कच्चि हुने गरे पनि सम्वन्धित पक्ष भने मौन बस्ने गरेको स्थानीयको आरोप छ । 

Comments