• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
राष्ट्रिय
काँग्रेसलाई घेराबन्दीमा पार्न खोजियो : काँग्रेस वरिष्ठ नेता पौडेल
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

काठमाडौ,२९ जेष्ठ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसलाई घेराबन्दी पार्ने खेल भईरहेको आरोप लगाउनुभएको छ । लोकतन्त्रवादी नेतृ शैलजा आचार्यको स्मृति दिवसका अबसरमा शैलजा आचार्य आर्दश समाजले आज काठमाडौमा आयोजना गरेको बिचारसभामा पौडेलले सत्तारुढ दलले काग्रेसलाई घेराबन्दीमा पार्ने खेल भइरहेको भन्दै काँग्रेस समयमै सचेत हुनु जरुरी रहेको बताउनुभयो ।

वरिष्ठ नेता पौडेलले सरकारले दुईतिहाईको समर्थन जुटाउनु र सत्ता पक्षबाटै प्रत्यक्ष कार्यकारी राष्ट्रपतिको कुरा गर्नुले गम्भीर आशंका पैदा गरेको बताउनुभयो । संबिधान कार्यान्वयनको चरणमा रहेको भन्दै उहाले बहुमतको खेलमा संबिधानलाई चलाउने काम भए पुन मुलुकमा अस्थीरता उत्पन्न हुन सक्ने धारणा पनि राख्नुभयो । त्यस्तै उहाले पार्टी सभापतिले सबै काँग्रेसीलाई समेटेर अगाडि लैजान नसक्दा पार्टी अप्ठ्यारोमा परेको समेत बताउनुभयो । 

कार्यक्रममा काग्रेस केन्द्रिय सदस्य शेखर कोईरालाले मुलकका लोकतन्त्र स्थापनाका लागी शैलजा आचार्यको योगदानलाई काग्रेसले बिर्सन नहुने धारणा राख्नुभयो । नेपाली कांग्रेसकी नेतृ आचार्यको ६५ बर्षको उमेरमा जेष्ठ २९ गते उपचारका क्रममा निधन भएको थियो । आचार्य नेपालको पहिलो महिला उपप्रधानमन्त्री हुनुहुन्छ ।

उहाले २०१७ सालमा राजालाई कालो झण्डा देखाउंदा २ बर्ष जेल र त्यसपछि २ बर्ष भुमिगत जिवन बिताउनुभएको थियो । 

Comments