• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • इलामको पूर्वी भारतीय सिमामा सशस्त्र प्रहरी परिचालन हुने, आपराधिक गतिविधि नियन्त्रण गर्ने उदेश्य
  • जलवायू परिवर्तन निराकरणका उपायहरू खोज्न विज्ञहरुलाई राष्ट्रपति विद्यादेवी भण्डारीको सुझाब
  • अमेरिकी सर्वाेच्च अदालतको न्यायाधीशमा ब्रेट क्याभानो नियुक्त
  • देशमा संविधान भन्दा ठूलो शक्ति नभएको पूर्वसभामुख सुवासचन्द्र नेम्वाङको भनाइ
  • जनयुद्धकालमा विस्थापित सप्तरीका छोटी भन्सार पुर्नस्थापना भएनन्, तस्करी बढ्यो
राष्ट्रिय
संवैधानिक परिषद्को बैठक आज बस्दै
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

काठमाडौ,२९ जेष्ठ । प्रधानन्यायाधीश सहित संवैधानिक निकायका पदाधिकारी सिफारिसका लागि मंगलबार संवैधानिक परिषद्को बैठक बस्ने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा अपराह्न ४ बजेका लागि बोलाइएको बैठकमा तीन महिनादेखि रिक्त प्रधानन्यायाधीश लगायत अन्य संवैधानिक निकायमा रिक्त पदाधिकारी सिफारिस गर्नेबारे छलफल हुने बताइएको छ ।

गत फागुन ३० गतेदेखि प्रधानन्यायाधीशको पद रिक्त छ । प्रधानन्यायाधीशको पद रिक्त हुनुभन्दा एक महिना पहिलै र कारणवस अचानक रिक्त भए एक महिनासम्ममा प्रधानन्यायाधीश नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्ले प्रधानन्यायाधीश नियुक्तिको प्रकृया अघि नबढाएको भन्दै आलोचना हुँदै आएको छ ।

प्रधानन्यायाधीशका लागि योग्यता पुगेका कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीश ओमप्रकाश मिश्र र चोलेन्द्रशमशेर जबराको नाम र अभिलेख न्यायपरिषद्ले संवैधानिक परिषद्मा पठाइसकेको छ । आज बस्ने बैठकले तीनै न्यायाधीशमध्येबाट प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना रहेको बताइएको छ । संवैधानिक परिषद् बैठकले सिफारिस गरेपछि संसदीय

सुनुवाईका लागि संसद्मा पठाउने छ । संसदीय सुनुवाई समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले प्रधानन्यायाधीश नियुक्ति गर्ने प्रावधान छ । 

Comments