• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • कावेली कोरीडोरमा उत्पादित विद्युतको क्षमता बढाउनका लागि नयाँ ट्रान्सफर्मर जडानको तयारी
  • रसियामा जारी विश्वकप फुटबलमा आज ब्राजिल र कोष्टारिकाबीच प्रतिस्पर्धा हुँदै
  • रुकुम पूर्वको सिस्ने गाउँपालिका ५ मा गाडी दुर्घटना हुँदा ९ जना घाईते
  • युरोप प्रवेश गर्ने गैरकानुनी आप्रवासीलाई नियन्त्रण गर्नुपर्ने इटलीको जोड
  • अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा आप्रवासी नीतिमा फेरबदल, परिवारदेखि बच्चा अलग गराउने नीतिको सर्वत्र आलोचना पछि निर्णय फिता
अन्तर्राष्ट्रिय
अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली राष्ट्रपति किम जोङबीच ‘वान टु वान’ वार्ता
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५
एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच ‘वान टु वान’ वार्ता समाप्त भएको छ । बहुप्रतिक्षित शिखर वार्ताकै सुरुवातमा दुई नेताबीच करिब ५० मिनेट ‘वान टु वान’ वार्ता भएको हो । सिंगापुरको सेन्तोसा टापुमा अवस्थित पाच तारे कापेला होटलमा वार्ता सुरु भएको हो । दुवै नेताले हात मिलाउदै पहिलो पटक प्रत्यक्ष भेटको सुरुवात गरेका हुन् । अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली नेताबीच इतिहासमै पहिलोपटक भेट भएको हो । ‘वान टु वान’ वार्ता अघि दुवै नेताले हात मिलाउँदै तस्वीर खिचाएका थिए । लगत्तै दुवैजना हँसिलो मुद्रामा बैठक कक्षमा प्रवेश गरेका थिए । बैठकबाट बाहिरिँदा अमेरिकी राष्ट्रपति ट्रम्प निकै उत्साहित देखिएका छन् । उनले किमसँगको छलफल निकै राम्रो रहेको बताए ।
Comments