• Radio Himshikhar
  • kankai Bikash Bank
News Updates
  • धरानको कृषि उपज बजारले लिने दोहोर कर विरुद्ध ब्यवसायी समिति आन्दोलित, दोहोर कर र सिण्डिकेट अन्त्यको माग
  • व्यावसायिक पशुपालनतर्फ आर्कषण बड्दो, चुलाचलीका कृषक संगठितरुपा बाख्रापालनमा सक्रिय
  • बालिका हत्या काण्डका विषयमा महेन्द्रनगरमा प्रदर्शन, भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रु ग्यास प्रहार
  • बर्तमान सरकार कसैको इसारामा नचल्ने प्रधानमन्त्री ओलीको प्रष्टोक्ति, करको विषयमा अनावश्यक भ्रम सृजना गर्न खोजिएको भनाइ
  • पेट्रोलियम पदार्थमा मूल्यवृद्धि
राष्ट्रिय
अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीद्वारा गोली प्रहार
प्रकाशित मिति: मंगलबार, जेठ २९, २०७५

ललितपुर,२९ जेष्ठ । ललितपुरमा प्रहरीले विभिन्न अपराधिक क्रियाकलापमा संलग्न अशोक लामामाथि प्रहरीले गोली चलाएको छ । विभिन्न अपराधमा पक्राउ पर्दै छुट्ने गरेका लामा पछिल्लो समय व्यापारीलाई धम्काउँदै आएको उजुरी परेपछि उनलाई पक्राउ गर्न गोली चलाएको प्रहरीले जनाएको छ ।  विभिन्न अपराधमा पक्राउ पछि व्यापारीलाई धम्काउँदै आएका लामालाई महानगरीय अपराध महाशाखाको टोलीले गोली प्रहार गरेको हो । गोली लामाको खुट्टामा लागेको छ । दाहिने खुट्टाको माथिल्लो भागमा गोली लागेका लामाको उपचारका लागि वीर अस्पतालमा भर्ना गरिएको छ ।  प्रहरीले लामालाई पक्राउ गर्ने क्रममा दुई राउन्ड गोलीसहितको एउटा पेस्तोल पनि बरामद गरेको जनाएको छ ।  उनीसँगै रहेका २ जना भाग्न सफल भएको प्रहरीले जनाएको छ । लामा ललिलपुरका घरजग्गा ब्यावसायीलाई धम्काउने, क्रसर उद्योगबाट चन्दा उठाउने गरेको प्रहरीमा उजुरी परेको थियो । 

Comments